चितवनका सबै संस्थागत विद्यालय बन्द

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:४३ मा प्रकाशित

चितवन, १८ भदौ–संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपाल जिल्ला समिति चितवनले आह्वान गरेको बन्दले जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारको निर्देशन विपरीत अत्यन्त न्यून तलब दिएर शिक्षकहरूको श्रम शोषण गरेको भन्दै समितिले मंगलबार विद्यालय बन्दको घोषणा गरेको हो ।

साथै प्याब्सन चितवनले शिक्षक कर्मचारीको माग सम्बोधन गर्नभन्दा पनि विद्यालयको शूल्क वृद्धिमा बढी ध्यान दिएको भन्दै समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

बन्दको अवज्ञा गर्ने प्रयास कसैले गरेमा हुन सक्ने घटनाको जिम्मेवार प्याब्सन चितवन हुने सङ्घर्ष समितिका संयोजक विजय पाण्डेले चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us