माओवादीमा चार जनाको हेर्डक्वाटर, राज्य संयोजक हेरफेर

काठमाण्डु टुडे २०७० भदौ १७ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ ।
maoist flagकाठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेको चार सदस्यीय हेर्डक्वाटर निर्माण गरेको हो । भट्टराईले गत केन्द्रीय समिति बैठकमा राजीनामा दिएपछि अध्यक्षबाहेक सबै केन्द्रीय सदस्यमा झरेका थिए ।

हेटौँडा महाधिवेशनबाट भट्टराई र श्रेष्ठ उपाध्यक्ष तथा बोगटी महासचिव चुनिएका थिए । यस्तै बैठकले आसन्न संविधानसभा निर्वाचनलाई केन्द्रित गरी ब्युरो इञ्चार्जहरुको समेत हेरफेर गरेको छ । वर्षमान पुनलाई पूर्वी, रामचन्द्रं झालाई मधेस,कृष्णबहादुर महरालाई मध्यमाञ्चल, टोपबहादुर रायमाझीलाई पश्चिम र शक्ति बस्नेतलाई सुदूरपश्चिम ब्युरो प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै हरिबोल गजुरेललाई मधेस ब्युरोबाट उत्पादन तथा सहकारी ब्युरोमा ल्याइएको छ । राम कार्कीलाई अन्तर्राष्ट्रिय ब्युरो प्रमुखबाट हटाएर दीनानाथ शर्मालाई ल्याइएको छ । पूर्वलडाकु प्रमुख नन्द किशोर पुनलाई युवा इन्चार्ज र जनार्दन शर्मालाई विशेष ब्युरोमा सरुवा गरिएको छ । यस्तै राज्य इन्चार्जहरु समेत परिवर्तन गरिएको छ ।
पहिला एक जनाले हेर्दै आएको राज्यमा नयाँ व्यवस्थाअनुसार दुई जना ल्याइएको छ ।  लिम्बूवानमा टंक आङबुहाङ संयोजक र र हेमराज भण्डारी सह–संयोजक किरातमा सुरेशकुमार राई संयोजक र बालकृष्ण ढुंगेल सह–संयोजक, कोचिलामा गोपाल किराती संयोजक र कुमार पौडेल सह–संयोजक, भोजपुरामा प्रभु साह संयोजक र क्षेत्रबहादुर श्रेष्ठ सह–संयोजक, मिथिलामा विश्वनाथ साह संयोजक र जोगकुमार बर्बरिया यादव सह–संयोजक, अवधमा चन्द्रंप्रकाश खनाल संयोजक र बामदेव क्षेत्री सह–संयोजक थारुवानमा नवराज सुवेदी संयोजक र जगप्रसाद शर्मा सह–संयोजक, नेवाःमा देवेन्द्र पौडेल संयोजक र झक्कुप्रसाद सुवेदी सह–संयोजक, ताम्शालीङमा विश्वभक्त दुलाल संयोजक र नारायण दाहाल सह–संयोजक, तमुवानमा भीमप्रसाद गौतम संयोजक र हरि अधिकारी सह–संयोजक तोकिएको छ ।
मगरातमा लोकेन्द्र विष्ट संयोजक र गिरिधारीलाल न्यौपाने सह–संयोजक, सेती–महाकालीमा लेखराज भट्ट संयोजक र खगराज भट्ट सह–संयोजक, भेरी–कर्णालीमा कालीबहादुर मल्ल संयोजक र डीआर पौडेललाई सह–संयोजक बनाइएको छ । यस्तै प्रवास राज्यमा विष्णुहरि शर्मा संयोजक र टेकबहादुर पाठक सह–संयोजक, स्कूलिङ विभागमा स्वनाम साथी संयोजक र हेमन्तप्रकाश ओली सह–संयोजक तथा प्रचार–प्रसार तथा प्रकाशन राज्य संयोजकमा जोखबहादुर महरालाई ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us