अख्तियारद्वारा अन्तर्राष्ट्रिय विमानस्थलका ३५ कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७० भदौ ७ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, ७ भदौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ जनालाई पक्रेको छ ।

akhtiyarअख्तियारले विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम कक्षबाट १३ जना, विभागकै अन्तिम स्वीकृति शाखाबाट चार जना र अध्यागमन विभागबाट १८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि गैरकानुनी लाभ लिई ७७ जनालाई वैदेशिक रोजगारीमा पठाएको अभियोग लगाइएको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, हिराध्वज कार्की, नायव सुब्बाहरु शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई, केशव बञ्जरा, भाष अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा र कार्यालय सहयोगी यशोदा थापामगर छन् ।
यस्तै अध्यागमन विभागका शाखा अधिकृतहरु भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर विक, रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नायव सुब्बाहरु रामकुमार ओझा, जयबहादुर सिंह, लिलारमण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरु सन्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी र चिरञ्जीवी अधिकारी छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us