समाचार

माओवादीबाट उत्पादन ब्रिगेड घोषणा

२०७० भदौ ७ गते ८:१४

पोखरा, ७ भदौ– एकीकृत नेकपा एमाओवादीले हेटौंडा महाधिवेशनले लिएको उत्पादन कार्यदिशा कार्यान्यवनका सिलसिलामा कास्कीबाट पहिलोपटक उत्पादन ब्रिगेड घोषणा गरेको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमुवान क्षेत्रस्तरीय उत्पादन बिग्रेड घोषणा गरेका हुन् । अन्नपूर्ण उत्पादन ब्रिगेड नाम दिइएको उक्त...

सात वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

२०७० भदौ ७ गते ६:२३

महोत्तरी, ७ भदौ– महोत्तरीको हरिहरपुरमा दलित बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ । बलात्कारमा सलग्न हरिनमरी–७ का १७ वर्षीय नब्बु दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दासले गत मंगलबार सोही गाउँकी सात वर्षीया दलित बालिकालाई बारीमा तरकारी टिप्दै गर्दा...

आज मतदाता सूचीमा नाम लेखाउने अन्तिम दिन

२०७० भदौ ७ गते ६:०६

काठमाण्डु, ७ भदौ– फोटोसहितको मतदाता सूचीमा नाम लेखाउन निर्वाचन आयोगले थप गरेको एक साताको समय आज सकिँदैछ । करिब ५५  लाख मतदाता छुटेको भन्दै दलहरूले पुन: मतदाता नामावली अद्यावधि गर्न आग्रह गरेपछि आयोगले गत भदौ १ देखि आजसम्म नामावली दर्ताको समय थप गरेको थियो...

उम्मेद्वारको नाम पठाउन एमालेको निर्देशन

२०७० भदौ ६ गते १२:५०

काठमाण्डु, ६ भदौ – एमालेले आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको स्थायी कमिटी बैठकले देशका २ सय ४० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नाम केन्द्रमा पठाउन जिल्ला र क्षेत्रीय कमिटीलाई...

कसैको वैशाखी टेक्न नपर्ने गरी बहुमत देऊ: प्रचण्ड

२०७० भदौ ६ गते १२:३२

काभ्रे, ६ भदौ –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत संविधानसभा निर्वाचनमा पार्टीको स्पष्ट बहुमत नआएका कारण सरकार गठनका लागि एमाले र मधेसी दलको वैशाखी टेक्नुपरेको बताएका छन् । पार्टी युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको ताम्सालीङ सम्मेलनको बिहीबार काभ्रेको बनेपामा उद्घाटन गर्दै...

‘बर्डफ्लु भारतबाट भित्रियो’

२०७० भदौ ६ गते १०:५९

काठमाडौ, ६ भदौ–नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्डफ्लु भित्रिएको दावी गरेका छन् । अखिल नेपाल किसान महासंघद्धारा बिहिवार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा डम्पिङ चार्ज हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्राउने मृत कुखुराको मासुबाट...

यथाशीघ्र गोलमेच बैठक गर्ने सहमति

२०७० भदौ ६ गते ६:२३

काठमाण्डु, ६ भदौ– उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच थयाशीध्र सर्वदलीय वार्ता आह्वान गर्ने सहमति भएको छ । समिति र मोर्चाबीच बिहीबार भएको वार्तामा निर्वाचनसहित सबै विषयमा सहमति जुटाउन सर्वपक्षीय वार्ता गर्ने सहमति भएको बैठकपछि नेताहरुले बताएका छन् ।  बैठकको...

मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रचण्डबीच भेटवार्ता

२०७० भदौ ६ गते ६:१८

काठमाण्डु, ६ भदौ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा आसन्न संविधानसभा निर्वाचन र असन्तुष्ट दलसँग भइरहेका सहमति प्रयासबारे छलफल भएको मन्त्रिरिषद् अध्यक्षको निजी सचिवालयले जनाएको छ । अध्यक्ष रेग्मीका प्रेस...

गाईजात्रा पर्व सुरु

२०७० भदौ ६ गते ६:१५

काठमाण्डु, ६ भदौ– दिवङगत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि नेवार समुदायले हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व बिहीबारबाट सुरु भएको छ । गाइजात्राका दिन बिहानैदेखि गाई तथा कुमारी कन्यालाई गाईका रुपमा सिंगारेर टोलटोलमा घुमाउने गरिन्छ । एक वर्षभरि बन्द...

गोलमेच सम्मेलनको सहमति भंग

२०७० भदौ ६ गते २:२६

काठमाण्डु, ८ भदौ– उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्न दुई दिन अघि भएको सहमति भंग भएको छ । विगतको सहमति भंग हुनुको दोष दुवैपक्षले एकअर्कालाई लगाएका छन् ।...

विदामा अख्तियार प्रमुख कार्यालयमा

२०७० भदौ ५ गते १३:३४

काठमाण्डु ५ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार जनैपूर्णिमाको विदामा दिनभर कार्यालयमा काम गरेका छन । बार्षिक प्रतिवेदन राष्ट्रपति डा रामवरण यादवलाई बुझाउने समय नजिकिएकोले प्रमुख आयुक्त सहित आयोगका अधिकारी विदाको दिनमा दिनभर कार्यालयमा काम गरेका हुन । अख्तियारले मंगलवार नेपाल...

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण गर्ने चाहना

२०७० भदौ ५ गते १३:३३

काठमाण्डु ५ भदौ–पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन । दुई पटक नेपाल भ्रमण गरीसकेका प्रधानमन्त्री सरिफले अर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको प्रतिनिधिमण्डल संगको इश्लामावादमा बुधवार भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन । प्रधानमन्त्री सरिफले उच्च स्तरका भ्रमणले दुई पक्षीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us