विदामा अख्तियार प्रमुख कार्यालयमा

काठमाण्डु टुडे २०७० भदौ ५ गते १३:३४ मा प्रकाशित

काठमाण्डु ५ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार जनैपूर्णिमाको विदामा दिनभर कार्यालयमा काम गरेका छन । बार्षिक प्रतिवेदन राष्ट्रपति डा रामवरण यादवलाई बुझाउने समय नजिकिएकोले प्रमुख आयुक्त सहित आयोगका अधिकारी विदाको दिनमा दिनभर कार्यालयमा काम गरेका हुन । अख्तियारले मंगलवार नेपाल बिद्युत प्राधिकरणका उच्चअधिकारीलाई पक्राउ गरेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक पनि पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित उच्च कर्मचारी पक्राउ परेका छन् ।

akhtiyar-durupayog-anusandhan-aayogविद्युत वितरण ट्रान्सफर्मर खरिदमा करोडौ भ्रष्टाचार भएको मुद्धाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्राधिकरणका योजना प्रमुख कृष्ण थापा, इन्जिनियर प्रमोद रिजाल, लेखा उपनिर्देशक कृष्णबहादुर केसी, देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य छन् ।

पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, अवकाश प्राप्त कार्यकारी निर्देशक जीवेन्द्र झा, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टीकाराम बिसीलाई पनि हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले बताए । कमसल ट्रान्सफरमर खरिदबारेको अनुसन्धानका आधारमा हालसम्म संकलित प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us