त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी प्रहरीले जानकारी दिएको छ ।

बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us