काठमाण्डूमा राजावादीहरुको प्रदर्शन जारी

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १४:०० मा प्रकाशित

काठमाण्डू, १६ जेठ– राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादी समुहरुले आज पनि काठमाण्डूमा प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए । राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए ।

यो प्रदर्शन निरन्तर गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआउञ्जेल प्रदर्शन गरिरहने जानकारी दिएका छन । प्रदर्शनकै कारण सवारी आवागमन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us