राजावादी प्रदर्शनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– राजावादी समुहले राजसंस्था पुनर्स्थापनाको माग राख्दै गरेको प्रदर्शनका कारण काठमाण्डूको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।

हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ । राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको सहभागीतामा जारी आन्दोलन आज पनि जारी छ ।

आन्दोलनका कारण काठमाण्डूको विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधरणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us