मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रचण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० भदौ ६ गते ६:१८ मा प्रकाशित

काठमाण्डु, ६ भदौ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भेटवार्ता भएको छ ।
prachand-and-regmiभेटका क्रममा आसन्न संविधानसभा निर्वाचन र असन्तुष्ट दलसँग भइरहेका सहमति प्रयासबारे छलफल भएको मन्त्रिरिषद् अध्यक्षको निजी सचिवालयले जनाएको छ । अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले भेटमा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियामा असहमत दलसँगको वार्तामा भएको प्रगतिबारे रेग्मीलाई जानकारी गराएको बताए ।

यस्तै रेग्मीले सरकार घोषित मितिमै निर्वाचन गराउन दृढतापूर्वक लागिपरेको बताएका थिए । उनले असन्तुष्ट दललाई छिट्टै सहमतिमा ल्याउन प्रचण्डको ध्नायाकर्षणसमेत गराएको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us