सात वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

काठमाण्डु टुडे २०७० भदौ ७ गते ६:२३ मा प्रकाशित

महोत्तरी, ७ भदौ– महोत्तरीको हरिहरपुरमा दलित बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
बलात्कारमा सलग्न हरिनमरी–७ का १७ वर्षीय नब्बु दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दासले गत मंगलबार सोही गाउँकी सात वर्षीया दलित बालिकालाई बारीमा तरकारी टिप्दै गर्दा मुख थुनेर बलात्कार गरेका थिए । दास घटनालगत्तै फरार थिए ।

दासलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख नायव उपरीक्षक तुलसी घिमिरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us