पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण गर्ने चाहना

काठमाण्डु टुडे २०७० भदौ ५ गते १३:३३ मा प्रकाशित

काठमाण्डु ५ भदौ–पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन । दुई पटक नेपाल भ्रमण गरीसकेका प्रधानमन्त्री सरिफले अर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको प्रतिनिधिमण्डल संगको इश्लामावादमा बुधवार भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन ।
Pakistanप्रधानमन्त्री सरिफले उच्च स्तरका भ्रमणले दुई पक्षीय सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि व्यक्त गरेको अर्थमन्त्री कोइरालाको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री सरिफले दुवै देशको राजनीतिक अवस्थामा परिवर्तन आएपनि सम्बन्ध सधैं दीगो र फलदायी हुदै आएको बिश्वास व्यक्त थिए । भेटमा उर्जा, पर्यटन, कृषिजस्ता क्षेत्रको व्यापार प्रवद्र्धनमा निजीक्षेत्र मिलेर जान सक्ने प्रधानमन्त्री सरिफले बताए । प्रधानमन्त्री सरिफले दुवै देशका निजीक्षेत्रलाई यसतर्पm प्रोत्साहित गर्नुपर्ने बताए ।
जुल्फिकर अलि भुट्टोको समयमा सम्पति राष्टियकरण गरिए पनि त्यसपछि बनेका सरकारले निजीकरणलाई प्रोत्साहित गरेकाले सहकार्यमा थुप्रै काम गर्न सकिने सम्भावना रहेको प्रधानमन्त्री सरिफले बताए ।
सो अवसरमा अर्थमन्त्री कोइरालाले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने दुवै सरकारको समान नीतिलाई कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिए । नेपाल पाकिस्तान आर्थिक आयोगको संयुक्त बैठकले एजेण्डाको ढोका खोलेको स्मरण गराउँदै कोइरालाले व्यापारमा लगानी बढाउन सके त्यसबाट दुवै देशका जनता लाभान्वित हुने बताए । दुई पक्षीय व्यापार मेलालाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिँदै वर्तमान सरकार चुनावको लागि गठन भएपनि त्यसले मुलुकको अर्थतन्त्रमा गतिशिल प्रभाव पार्ने खालका काम गर्न लागेको कोइरालाले जानकारी दिए ।
पाकिस्तानी समकक्षी महम्मद इशाक डरले आठ वर्षपछि  भएको बैठक फलदायी भएको र यसलाई व्यवहार उतार्ने विश्वास व्यक्त गरे । भेटमा पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेल, परराष्ट मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेल, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, कैलाश पोखरेल सहभागी थिए । निजीक्षेत्रबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us