प्रचण्ड र ओलीबीच एक्लाएक्लै दुई घण्टा कुराकानी

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १६:५० मा प्रकाशित

काठमाण्डु, २० वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रचण्ड र ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुई घण्टा कुराकानी भएको हो ।

भेटपछि ओलीले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिए । ओलीले सरकारले छिट्टै बजेट अधिवेशन बोलाउने पनि बताए ।

प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान ११ बजेर ४० मिनेटमा प्रधानमन्त्री कार्यालय पुगेका ओली दिउँसो २ बज्नै लाग्दा बाहिरिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us