तोकिएकै मितिमा निर्वाचन गर्न राष्ट्रपतिको सुझाव

काठमाण्डु टुडे २०७० भदौ ७ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– राष्ट्रपति रामवरण यादवले तोकिएकै मितिमा संविधानसभा निर्वाचन गराउन सरकारलाई सुझाव दिनुभएको छ ।

ram baranशीतलनिवासमा शुक्रबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भएको भेटमा यादवले कुनै हालतमा निर्वाचन मिति परिवर्तन नहुने गरी तयारी तीव्र पार्न सुझाव दिएका हुन् । भेटमा राष्ट्रपति यादवले असन्तुष्ट दलहरुसँग भइरहेको वार्ताको प्रगति र गोलमेच सम्मेलनबारे पनि जिज्ञासा राखेका थिए ।

जवाफमा अध्यक्ष रेग्मीले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने गरी गोलमेच सम्मेलनको तयारी भइरहेको र असन्तुष्ट दलहरुसँगको वार्ता पनि सकारात्मक बन्दै गएको बताएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us