समाचार

दुर्घटनामा परिवारका तीनको मृत्यु

२०७० असोज ७ गते ११:५०

नवलपरासी, ७ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७३६४ नम्बरको बसले ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा प्रगतिनगर–२ का...

अखिलमा खनाल र ओली प्यानलको भिडन्त

२०७० असोज ७ गते ९:३४

काठमाण्डु, ७ असोज– एमाले सम्वद्ध विद्यार्थीहरुको संगठन अनेरास्ववियुको अध्यक्षमा दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका प्रत्यासीमध्येका एक नवराज पौडेलले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मदेवारी फिर्ता लिएका...

‘रअ’ सँग जोडेर बदनाम गर्न खोजियोः प्रचण्ड

२०७० असोज ७ गते ८:४५

चितवन, ७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘रअ’ सँग जोडेर आफूहरुले सञ्चालन गरेको जनयुद्धको बदनाम गर्न खोजिएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले चितवनको भरतपुरमा सोमबार गरेको पत्रकार भेटघाटमा उनले आफूहरुले संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघ, भारत र चीनलाई...

चुनावमा सेना खटाउन संविधान संशोधन गर्ने उच्चस्तरीय समितिको निर्णय

२०७० असोज ७ गते ८:४०

काठमाण्डु, ७ असोज–उच्चस्तरीय राजनीतिक समितिले चुनावमा सेना परिचालनकोलागि बाधा अड्काउ फुकाउ मार्फत् संविधान संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । सोमबार विहान बसेको उच्चस्तरीय समितिको बैठकले अन्तरिम संविधानको धारा १४५ को उपधारा ५ लाई संशोधन गर्न बाधा अड्काउ फुकाउको प्रकृया शुरु गर्न सरकारलाई पत्राचार...

बडाललाई अपहरणमुक्त गर्न आयोगको आग्रह

२०७० असोज ७ गते ६:३२

काठमाण्डु, ७ असोज– राष्ट्रिय मानव अधिकार आयोगले बाराको निजगढ निवासी पशु स्वास्थ्य व्यवसायी भगवान बडाललाई सकुशल अपहरणमुक्तिको पहल गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको छ । अज्ञात समूहले बडाललाई अपहरण गरी बेपत्ता बनाएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले सरकार, नागरिक समाज र मानव...

एमाले पहिलो शक्ति हुन्छ : रावल

२०७० असोज ७ गते ६:१९

धनगढी, ७ असोज – नेकपा एमालेका नेता भीम रावलले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्ति हुने दावी गरेका छन् । कैलालीमा सोमबार भएको कार्यकर्ता भेटघाटमा रावलले मंसिर ४ गते हुने निर्वाचनमा सबैलाई पछि पार्दै एमाले पहिलो पार्टी बन्ने दावी गरेका...

काठमाण्डु र पोखरामा माओवादीको विरोधसभा

२०७० असोज ७ गते ४:४०

काठमाण्डु, ७ असोज – चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार काठमाण्डु र पोखरामा विरोधसभा गर्दैछ । पछिल्लोपटक उच्चस्तरीय राजनीतिक समितिको वार्ता विफल भएपछि मोर्चाले आन्दोलनका कार्यक्रम अनुसार विरोधसभा गर्न लागेको हो । काठमाण्डुमा दिउँसो हुने सभालाई अध्यक्ष मोहन वैद्यले र पोखराको सभालाई उपाध्यक्ष...

एमाले अखिलको नेतृत्व चुन्न मतदान हुदै

२०७० असोज ७ गते ३:५२

काठमाण्डु, ७ असोज– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुने भएको छ । चुनावी प्रक्रियामा ढिलाई भएकाले सोमबार मात्र मतदान हुने तय भएको महासचिवकी प्रत्यासी नवीना लामाले काठमाण्डु टुडेलाई जानकारी दिइन् । अध्यक्षका लागि लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र...

एशियाली बौद्ध महोत्सव श्रीलंकाको क्याण्डीमा

२०७० असोज ७ गते ३:५०

काठमाण्डु ७ असोज–दोस्रो एशियाली बौद्ध धार्मिक साँस्कृतिक महोत्सव बुधवार र बिहिवार (सेप्टेम्बर 25-27 तारिख)श्रीलंकाको क्याण्डीमा हुने भएको छ । ‘बौद्ध धर्म संस्कृतिको प्रचार प्रसार,बिश्व शान्तिको अभिबृद्ध’बिषयक महोत्सवमा श्रीलंकाका प्रधानमन्त्री डिएम जयरथना पनि सहभागी हुनेछन । आयोजकका अनुसार नेपाल,भारत,चीन,हङकङ,चीनको थाइवान,जापान,दक्षिण कोरिया, कम्बोडिया,लाओस,म्यान्मार,भुटान,मंगोलिया लगायत ६४ मुलुक...

बाढी पीडितकालागि संकलित ६० लाख थन्कियो

२०७० असोज ७ गते ३:५०

दार्चुला, ७ असोज – दार्चुलाका बाढी पीडितका लागि संकलित ६० लाख रुपैयाँ राहत अझै वितरण हुन सकेको छैन । व्यक्तिगत र संस्थागत गरी जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा ४४ लाख, उद्योग वाणिज्य संघको खातामा १० लाख र बाढीपीडित संघर्ष समितिको खातामा छ लाख रुपैयाँ...

आज राष्ट्रिय संरक्षण दिवस

२०७० असोज ७ गते ३:४९

काठमाण्डु, ७ असोज – राष्ट्रिय संरक्षण दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा वन मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ)ले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । दिवसको अवसरमा वन्यजन्तु, वन, वातावरण र जैविक विविधताको संरक्षणमा सहयोग गर्ने एक संस्था...

बाजुरामा खाद्यान्न अभाव

२०७० असोज ७ गते ३:१९

बाजुरा, ७ असोज – जिल्ला सदरमुकामसम्म पुग्ने बाटो मर्मत नहुँदा बाजुरामा दैनिक उपभोग्य सामानको अभाव भएको छ । विक्रम संवत् २०५१ मा अछामको टोटासालदेखि बाजुराको सदरमुकामसम्म निर्माण भइरहेको ५७ किलोमिटर सडक हालसम्म सम्पन्न नहुँदा खाद्यान्न ढुवानी हुन सकेको छैन । पर्याप्त खाद्यान्न नपाएकाले यसपालीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us