एमाले अखिलको नेतृत्व चुन्न मतदान हुदै

काठमाण्डु टुडे २०७० असोज ७ गते ३:५२ मा प्रकाशित

काठमाण्डु, ७ असोज– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुने भएको छ ।
flag of akhilचुनावी प्रक्रियामा ढिलाई भएकाले सोमबार मात्र मतदान हुने तय भएको महासचिवकी प्रत्यासी नवीना लामाले काठमाण्डु टुडेलाई जानकारी दिइन् । अध्यक्षका लागि लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र नवराज पौडेलले प्यानल सहित उम्मेदवारी दिएका छन् । यस्तै सरोज यादव, ऐनबहादुर महर, बचनबहादुर सिंह, ध्रुव राई, दीपक गौतम र थोमस बास्तोलाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासचिवमा नवीना लामा, रचना खड्का र चिरञ्जीवी पौडल तथा सचिवमा बाबुराम पन्थी, अब्दुल हुसेन खाँ, महेश बर्तौला, विवेक श्रेष्ठ,  राधिका खतिवडा, सुखीलाल चौधरी भिड्दैछन् ।

बिहीबारदेखि राजधानीमा जारी अखिलको २१ औं महाधिवेशनले ११ सदस्यीय पदाधिकारीसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति चुन्नेछ । शनिबारै सकिनुपर्ने महाधिवेशन विवादका कारण थप दुई दिन लम्बिएको हो  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us