समाचार

इन्धनको मूल्य घटाउन मुख्यसचिवले मानेनन्

२०७० असोज ८ गते १०:०५

काठमाण्डु, ८ असोज–आन्दोलनरत विद्यार्थीहरुको मागअनुसार पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन सरकार तयार भए पनि मुख्यसचिवको असहमतिले  फिर्ता हुन सकेको छैन । सरकारका मुख्यसचिव लीलामणि पौडेलले आयल निगमको घाटा चुलिएको भन्दै हालै बढाइएको मूल्य फिर्ता लिन असहमति जनाएका हुन् । आपूर्तिमन्त्री शंकरप्रसाद कोइराला भने प्रतिलिटर...

टिकटमा युवालाई प्राथमिकता दिन माग

२०७० असोज ८ गते ९:५५

काठमाण्डु, ८ असोज–नेपाल तरुण दलले आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनमा अधिकतम युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माउ पार्टी नेपाली कांगे्रेससँग माग गरेको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघले कुल मतदातामध्ये ५५ प्रतिशत संख्या युवाहरुको रहेकाले बढीभन्दा बढी युवालाई उम्मेदवार बनाउन माग गरेको...

चट्याङ लागेर ६ जनाको मृत्यु,१४ घाइते

२०७० असोज ८ गते ४:३६

काठमाण्डु, ८ असोज– खोटाङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । गएराती चट्याङ लागेर खोटाङमा ३, सिन्धुपाल्चोकमा २ र दोलखामा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका उपाध्यक्ष समेत छन् ।...

उम्मेदवार छान्न काँग्रेस र एमाले गृहकार्यमा

२०७० असोज ८ गते ३:११

काठमाण्डु, ८ असोज– नेपाली काँग्रेस र नेकपा एमाले आगामी चुनावको उम्मेदवार छान्न गृहकार्यमा जुटेका छन् । लामो विवाद अन्त्य गर्दै सोमबार संसदीय बोर्ड गठन गरेको काँग्रेसले चुनावकालागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार चयन प्रकृया शुरु गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले...

क्षतिपूर्ति माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७० असोज ८ गते ३:०९

नवलपरासी, ८ – सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्त र स्थानीयले  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा सडक बन्द गराएका छन् । मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति माग गर्दै उनीहरुले सडक ठप्प पारेका हुन् । बन्दका कारण हजारौं यात्रु बीच बाटैमा अलपत्र परेका छन् । भैरहवाबाट काठमाडौँका लागि...

अनेरास्ववियुको महाधिवेशनमा मतदान सकियो

२०७० असोज ८ गते २:४९

काठमाण्डु, ८ असोज–काठमाण्डुमा जारी अनेरास्ववियुको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । विवादका कारण सोमबार राति ११ बजेपछि सुरु भएको मतदान मंगलबार विहान ५ बजे सकिएको थियो । मतगणना दिउँसो मात्र सुरु हुनेछ । नयाँ नेतृत्वको लागि अध्यक्षमा लक्ष्मण लम्साल र...

आजबाट नयाँ सुरक्षा रणनीति लागू

२०७० असोज ८ गते २:०२

काठमाण्डु, ८ असोज – दशैं तिहार र आगामी चुनावलाई केन्द्रीत गरेर नेपाल प्रहरीले मंगलबारबाट नयाँ सुरक्षा रणनीति लागू गरेको छ । सुरक्षा व्यवस्था कडा बनाएर दशैं, तिहार र छठका समयमा हुनसक्ने सम्भावित आपराधिक घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीको भनाई छ ।...

१७ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने

२०७० असोज ७ गते १३:४९

काठमाण्डु, ७ असोज – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत १७ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले मंगलबार १७ विद्यार्थी संगठनको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने जानकारी काठमाण्डु टुडेलाई दिए ।  लामिछानेले मूल्यवृद्धि फिर्ताका...

काँग्रेस संसदीय समितिमा मिल्यो भागबण्डा

२०७० असोज ७ गते १३:२०

काठमाण्डु, ७ असोज– नेपाली काँग्रेसले लामो समयको विवादपछि संसदीय समिति गठनमा सहमति जुटाएको छ । संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भागबण्डाका आधारमा समिति गठनमा सहमति भएको हो । सहमतिअनुसार १४ सदस्यीय समितिमा ९ संस्थापन र ५ देउवा पक्षका छन् । देउवाले संसदीय समितिमा...

चार दलका नेतालाई वैद्यले भनेः ‘कमण्डलु लिएर मानसरोबर जाऊ’

२०७० असोज ७ गते १२:४३

काठमाण्डु, ७ असोज– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टी सम्वद्ध ३३ दलीय मोर्चालाई पाखा लगाएर गरिएको संविधानसभा निर्वाचनको औचित्य नरहेको बताएका छन् । चुनाव बहिस्कार आन्दोलनमा रहेको ३३ दलीय मोर्चाले सोमबार राजधानीको खुलामञ्चमा गरेको विरोधसभामा वैद्यले आफूहरुलाई पाखा लगाएर बनाइने संविधान आगो लगाएर जलाउने...

राष्ट्रपतिसमक्ष फेरि बाधाअड्काउ अध्यादेश सिफारिस

२०७० असोज ७ गते १२:१९

काठमाण्डु, ७ असोज– सरकारले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न बाधाअड्काउ फुकाउसम्बन्धी अध्यादेश दोस्रोपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसमक्ष अध्यादेश सिफारिस गरेका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संविधानसभाको पहिलो बैठकले अनुमोदन गर्ने गरी सेना...

नेपाली महिला चार किलो चरेससहित भारतमा पक्राउ

२०७० असोज ७ गते १२:०२

बाँके, ७ असोज– भारतीय एसएसबीले बाँकेको सीमावर्ती क्षेत्रबाट एक नेपाली महिलालाई ४ किलो चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराहीकी ३९ वर्षीया तुलसी सुनार रहेकी छन् । उनलाई जमुनाह हुँदै भारत जान लाग्दा रुपैडिहा चेकपोष्टमा चेकजाँचका क्रममा एसएसबीले पक्रेको हो । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us