आजबाट नयाँ सुरक्षा रणनीति लागू

काठमाण्डु टुडे २०७० असोज ८ गते २:०२ मा प्रकाशित

काठमाण्डु, ८ असोज – दशैं तिहार र आगामी चुनावलाई केन्द्रीत गरेर नेपाल प्रहरीले मंगलबारबाट नयाँ सुरक्षा रणनीति लागू गरेको छ । सुरक्षा व्यवस्था nepal policeकडा बनाएर दशैं, तिहार र छठका समयमा हुनसक्ने सम्भावित आपराधिक घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीको भनाई छ ।

राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीसँग समन्वय गरी आवश्यकता अनुसार प्रहरी परिचालन र अनुगमन गरिने नेपाल प्रहरीले जनाएको छ । वित्तिय संस्था, ठूला बजार, गहना पसल जस्ता सर्बसाधारणको बढी चहलपहल हुने स्थानमा निगरानी बढाइएको छ ।

नयाँ सुरक्षा रणनीति अनुसार काठमाण्डु उपत्यकामा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रहरी नायब महानिरीक्षक विश्वराजसिंह शाहीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us