इन्धनको मूल्य घटाउन मुख्यसचिवले मानेनन्

काठमाण्डु टुडे २०७० असोज ८ गते १०:०५ मा प्रकाशित

lilamani_poudelकाठमाण्डु, ८ असोज–आन्दोलनरत विद्यार्थीहरुको मागअनुसार पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन सरकार तयार भए पनि मुख्यसचिवको असहमतिले  फिर्ता हुन सकेको छैन । सरकारका मुख्यसचिव लीलामणि पौडेलले आयल निगमको घाटा चुलिएको भन्दै हालै बढाइएको मूल्य फिर्ता लिन असहमति जनाएका हुन् । आपूर्तिमन्त्री शंकरप्रसाद कोइराला भने प्रतिलिटर दुई रुपैयाँ फिर्ता लिन सकारात्मक देखिएका छन् ।

आन्दोलनरत १४ विद्यार्थी संगठनका प्रतिनिधिसँगको कुरामा मन्त्री कोइरालाले आफू मूल्यबृद्धि फिर्ता लिन तयार भएपनि मुख्यसचिव पौडेलको असहमतिले निर्णय हुन नसकेको बताउने गरेका छन् ।सहमतिका लागि आफूले प्रयास गरिरहेको कोइरालाको भनाइ छ ।

विद्यार्थीहरुले मूल्यबृद्धिको निर्णय फिर्ता लिन मंगलबार चार बजेसम्मको अल्टिमेटम दिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले पेट्रोलपम्प बन्द, आयल निगमको केन्द्रीय कार्यालय घेराउलगायतका कार्यक्रम गर्दै आएका छन् ।

सरकारले भदौ अन्तिम साता पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ बढाएर एक लिटरको मूल्य एक सय ३० पुर्याएको छ । डिजेल र मट्टितेलको भने प्रतिलिटर मूल्य १ सय ३ रुपैयाँ पुर्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us