अनेरास्ववियुको महाधिवेशनमा मतदान सकियो

काठमाण्डु टुडे २०७० असोज ८ गते २:४९ मा प्रकाशित

flag of akhilकाठमाण्डु, ८ असोज–काठमाण्डुमा जारी अनेरास्ववियुको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । विवादका कारण सोमबार राति ११ बजेपछि सुरु भएको मतदान मंगलबार विहान ५ बजे सकिएको थियो । मतगणना दिउँसो मात्र सुरु हुनेछ ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा लक्ष्मण लम्साल र किशोर विक्रम मल्लबीच प्रतिस्पर्धा छ । अध्यक्षका प्रत्यासी नवराज पौडेलले उम्मेदवारी फिर्ता लिएर मल्ललाई समर्थन गरेपछि दुई जनाबीच चुनावी भीडन्त भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us