उम्मेदवार छान्न काँग्रेस र एमाले गृहकार्यमा

काठमाण्डु टुडे २०७० असोज ८ गते ३:११ मा प्रकाशित

CPN-UML-FLag4_20120529085323काठमाण्डु, ८ असोज– नेपाली काँग्रेस र नेकपा एमाले आगामी चुनावको उम्मेदवार छान्न गृहकार्यमा जुटेका छन् । लामो विवाद अन्त्य गर्दै सोमबार संसदीय बोर्ड गठन गरेको काँग्रेसले चुनावकालागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार चयन प्रकृया शुरु गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले जिल्लाबाट सिफारिस उम्मेदवार चयनको स्पष्ट मापदण्ड बनाउने काँग्रेस नेता गोपालमान श्रेष्ठले जानकारी दिए । ‘जिल्लाबाट धेरै संख्यामा सिफारिस भएर आएका उम्मेदवारहरु मध्येबाट योग्य उम्मेदवार छान्छौं,’ उनले भने ।

यसैगरी एमालेले बुधबारसम्ममा उम्मेदवारहरुको टुङ्गो लगाउने गरी स्थायी कमिटीमा छलफल भैरहेको जनाएको छ । ‘स्थायी कमिटीले उम्मेदवारहरुको नामावाली टुङ्गो लगाएपछि अन्मित स्वीकृतिकालागि केन्द्रीय कमिटीमा पेश गर्छौं,’ नेता भरतमोहन अधिकारीले भने । मनमोहन प्रतिष्ठान सानेपामा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us