टिकटमा युवालाई प्राथमिकता दिन माग

काठमाण्डु टुडे २०७० असोज ८ गते ९:५५ मा प्रकाशित

काठमाण्डु, ८ असोज–नेपाल तरुण दलले आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनमा अधिकतम युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माउ पार्टी नेपाली कांगे्रेससँग tarun dalमाग गरेको छ ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघले कुल मतदातामध्ये ५५ प्रतिशत संख्या युवाहरुको रहेकाले बढीभन्दा बढी युवालाई उम्मेदवार बनाउन माग गरेको हो । युवाहरुको सहभागिता बढी गराइए ५० प्रतिशत स्थानमा काँग्रेस विजयी हुने दाबी संघको छ । पत्रकार सम्मेलनमार्फत संघले लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएको छ ।

संघले मुलुकभर छरिएर रहेका आफ्ना सात लाख सदस्यलाई निर्वाचनमा खटाउने भएको छ ।
संघका अध्यक्ष अध्यक्ष उदयशमसेर राणाले मतदाता सुरक्षाका लागि प्रत्येक निर्वाचन क्षेत्रमा इलाकास्तरीय तरुण घुम्भी टोली र प्रत्येक बुथमा राख्ने गरी तरुण बुथ स्वयम सेवक टोली गठन गर्न लागिएको जानकारी दिए । उनले हरेक निर्वाचन क्षेत्रमा गएर ‘मुख होइन रुख हेरेर भोट हालांै’ भन्ने नाराका साथ नेपाली काँग्रेसका पक्षमा माहौल बनाउन कार्यकर्तालाई दिए नर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us