आज राष्ट्रिय संरक्षण दिवस

काठमाण्डु टुडे २०७० असोज ७ गते ३:४९ मा प्रकाशित

काठमाण्डु, ७ असोज – राष्ट्रिय संरक्षण दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा वन मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ)ले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

दिवसको अवसरमा वन्यजन्तु, वन, वातावरण र जैविक विविधताको संरक्षणमा सहयोग गर्ने एक संस्था र विभिन्न पाँचजनालाई राष्ट्रिय संरक्षण पुरस्कारबाट सम्मान गरिदैछ ।

२०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन तथा वातावरण विज्ञ डा. हर्क गुरुङ लगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएको स्मरणमा यो दिवस मनाउने गरिन्छ । उनीहरुको योगदानको स्मरण गर्दै हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रुपमा मनाउन थालिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us