एशियाली बौद्ध महोत्सव श्रीलंकाको क्याण्डीमा

काठमाण्डु टुडे २०७० असोज ७ गते ३:५० मा प्रकाशित

काठमाण्डु ७ असोज–दोस्रो एशियाली बौद्ध धार्मिक साँस्कृतिक महोत्सव बुधवार र बिहिवार (सेप्टेम्बर 25-27 तारिख)श्रीलंकाको क्याण्डीमा हुने भएको छ ।
‘बौद्ध धर्म संस्कृतिको प्रचार प्रसार,बिश्व शान्तिको अभिबृद्ध’बिषयक महोत्सवमा श्रीलंकाका प्रधानमन्त्री डिएम जयरथना पनि सहभागी हुनेछन ।
आयोजकका अनुसार नेपाल,भारत,चीन,हङकङ,चीनको थाइवान,जापान,दक्षिण कोरिया, कम्बोडिया,लाओस,म्यान्मार,भुटान,मंगोलिया लगायत ६४ मुलुक तथा क्षेत्रका सात सय जना भिक्षु तथा बिभिन्न मुलुकका राजनीतिक व्यक्ति पनि सहभागी हुनेछन । नेपालमा जन्मिएका गौतम बुद्धलाई एशियाका तारा पनि भनिन्छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us