समाचार

नेपाल–पाकिस्तान सम्बन्धमा उपसभामुखको जोड

२०७० चैत २९ गते ७:५२

काठमाण्डु, २९ चैत – नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा शनिबार राजधानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभामुख ओमसरी घर्तीमगरले नेपाल–पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५४ वर्षको अवधिमा आर्थिक, शैक्षिक,...

खनाल भन्छन्, ‘काँग्रेस भोट किनेर ठूलो बन्यो’

२०७० चैत २९ गते ७:४७

काठमाण्डु, २९ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले काँग्रे भोट किनेर पहिलो ठूलो दल बनेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको राष्ट्रिय भेलाको शनिबार ललितपुरमा उद्घाटन गर्दै खनालले काँग्रेसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताको भोट पैसामा किनेकाले आफूहरु दोस्रो दलमा खुम्चिएको बताए...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७० चैत २९ गते ७:१३

अर्घाखाँची, २९ चैत – सडक निर्माण गर्ने क्रममा अर्घाखाँचीको ठाडामा शनिबार भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । सितापुरबाट सडक निर्माणका लागि सडक कालोपत्रे गर्ने अलकत्रा लिएर जाँदै गरेको लु२त ८८९८ नम्बरको ट्याक्टर ठाडा–२ रिपाहामा दुर्घटना हुँदा दाङ जिल्ला गोबरडिहा–१ का ३१ वर्षीय...

प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

२०७० चैत २९ गते ६:४९

काठमाण्डु, २९ चैत – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा २६ सभासद्को मनोनयन, संविधान लेखन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो । साथै भेटमा संविधानसभा अन्तर्गत राजनीतिक सम्वाद समितिको...

भत्ता नबढेपछि एकान्त कुमारीलाई समस्या

२०७० चैत २९ गते ६:३८

भक्तपुर, २९ चैत – जीवित देवी अर्थात तलेजु भवानीको प्रतिमूर्तिका रुपमा पूजिँदै आएको भक्तपुरको एकान्त कुमारीको भत्ता विगत १० वर्षदेखि नबढेपछि खर्च धान्न समस्या आएको छ । लिच्छवीकालदेखि मल्लकाल हुँदै हालसम्म पनि जीवित देवीको रुपमा मानिदै आएको कुमारीको भत्ता नबढेको र नगरपालिकाले समेत कुमारीको...

सगरमाथा क्षेत्रमा २९ पर्वतारोही टोली

२०७० चैत २९ गते ६:३६

सोलुखुम्बु, २९ चैत – सगरमाथा क्षेत्रमा रहेका हिमाल आरोहणका लागि यस वर्षको सिजनमा आजसम्म २९ वटा पर्वतारोहण टोली नाम्चे आइपुगेका छन् ।  सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहणका लागि आरोहण टोली आउने क्रम जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईले...

वनस्पतिको पहिचान गर्न प्रधानमन्त्रीको जोड

२०७० चैत २९ गते ३:१७

काठमाण्डु, २९ चैत – विनस्पति विभागको वार्षिकोत्सवको अवसरमा आज १५ औं वनस्पति दिवस मनाईंदैछ । वनस्पतिको अभिवृद्धि, जीवनको समृद्धि भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा वनस्पति संरक्षण तथा सदुपयोगको विषयमा चेतनामुलक कार्यक्रम हुँदैछन् । भौगोलिक, जैविक र पर्यावरणीय विविधताले धनी नेपाल वनस्पति...

चौतारीले महासंघमा उठाउने उम्मेदवारको टुंगो लगाउँदै

२०७० चैत २९ गते २:२७

काठमाण्डु, २९ चैत –नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनमा आफ्नो भूमिकाका बारेमा छलफल गर्न प्रेस चौतारी नेपालले आज काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ । चौतारीका महासचिव माधव नेपालका अनुसार भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला अध्यक्ष र सचिव, चौतारी निकट महासङ्घका केन्द्रीय...

महासंघको नेतृत्वका लागि मतदान हुँदै

२०७० चैत २९ गते १:५९

काठमाण्डु, २९ चैत – नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभामा आज नेतृत्व चयनका लागि मतदान हुँदै छ । साधारणसभाले तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । महासंघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष भाष्करराज राज कर्णिकार र प्रदिपजंग पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका...

एमाओवादीसँग तत्काल एकता हुन्न : गुरूङ

२०७० चैत २८ गते १३:३९

इलाम, २८ चैत – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरूङले एनेकपा माओवादीसँग तत्काल एकताको कुनै सम्भावना नरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ इलामले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले एकता गर्ने भन्ने कुरा भावनात्मक रूपमा नभई वस्तुगतरूपमा हुनुपर्ने बताए । उनले त्यसका लागि दुई पार्टीबीच...

संघीयता जातीय आधारमा हुँदैन : प्रधानमन्त्री

२०७० चैत २८ गते १३:००

कास्की, २८ चैत । प्रधानमन्त्री सुशील कोइरालाले संघीयता निर्माणको आधार जातीयता हुन नसक्ने बताएका छन् । उग्रजातिवादले विश्वका धेरै मुलुकमा संकट निम्त्याएको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले जातीय आधारमा सङ्घीयता निर्माण नगर्ने आफ्नो निष्कर्ष रहेको स्पष्ट पारे । पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले शुक्रबार...

त्रिविद्वारा परीक्षाफल प्रकाशित

२०७० चैत २८ गते १२:३२

काठमाण्डु, २८ चैत – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिए एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.tu.ntc.net.np र www.edusanjal.com मा पनि हेर्न सकिने परीक्षा नियन्त्रन्त्रण कार्यालयले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us