एमाओवादीसँग तत्काल एकता हुन्न : गुरूङ

काठमाण्डु टुडे २०७० चैत २८ गते १३:३९ मा प्रकाशित

Dev-Gurungइलाम, २८ चैत – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरूङले एनेकपा माओवादीसँग तत्काल एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ इलामले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले एकता गर्ने भन्ने कुरा भावनात्मक रूपमा नभई वस्तुगतरूपमा हुनुपर्ने बताए । उनले त्यसका लागि दुई पार्टीबीच विचार, धारणा र नीति मिल्नु पर्ने बताए ।

गोरखाको पालुङटार बैठकले पारित गरेका विषयमा सहमति जनाए आफूहरू एकताका लागि तयार हुने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us