रामहरि श्रेष्ठ हत्या प्रकरण: गोविन्दबहादुर बटालालाई १० वर्ष कैद

काठमाण्डु टुडे २०८३ जेठ २८ गते २२:४५ मा प्रकाशित

काठमाडौं- रामहरि श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासले गोविन्दबहादुर बटाला ‘जीवित’ लाई १० वर्ष कैद सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला उल्ट्याउँदै बटालालाई १० वर्ष कैद सजाय हुने ठहर गरेको हो ।

सर्वोच्च अदालतका सह–रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले पूर्ण इजलासबाट उक्त फैसला भएको जानकारी दिए ।

यसअघि जिल्ला अदालत चितवनले बटालालाई तीन वर्ष कैद सजाय सुनाएको थियो भने उच्च अदालतले पनि सोही फैसला सदर गरेको थियो ।

त्यसपछि मुद्दा सर्वोच्च अदालत पुगेकोमा संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । तर उक्त फैसला पुनरावलोकनमा गएपछि पूर्ण इजलासले पुनः सुनुवाइ गर्दै सजाय बढाएर १० वर्ष कायम गरेको हो ।

श्रेष्ठलाई २०६५ साल वैशाखमा काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा लगिएको थियो ।

त्यहाँ भएको कुटपिटका कारण उनको मृत्यु भएको अभियोग छ । पछि उनको शव नारायणी नदीमा फालिएको अवस्थामा फेला परेको थियो ।
यस घटनामा संलग्न भनिएका चालक भने अदालतबाट सफाइ पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us