प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० चैत २९ गते ६:४९ मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २९ चैत – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा २६ सभासद्को मनोनयन, संविधान लेखन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।

साथै भेटमा संविधानसभा अन्तर्गत राजनीतिक सम्वाद समितिको सभापति चयनका विषयमा समेत कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको पूर्णता र राजनीतिक सम्वाद समितिको नेतृत्व चयनमा सहयोग गर्न आग्रह गरेका थिए । राजनीतिक सम्वाद समितिको नेतृत्वमा एमाओवादीले दावी गर्दै आएको छ ।

यसअघि शुक्रबार एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच कुराकानी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us