काठमाण्डु, ३० चैत –संविधानसभा मातहत रहेको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको चयन आज हुदैछ । सभापतिको चयनबिना समितिका काम कारवाही, विधि र प्रक्रिया अधुरो अपुरो हुने देखिएको जनाउँदै सहमतिका आधारमा सभापति चयनका लागि आज बिहान समय तोकिएको छ । समितिको सभापतिमा एकीकृत माओवादीका...
काठमाण्डु, ३० चैत – हेटौडा–नारायणगढ सडकखण्डको सिम्पानीमा गएराति ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । जनकपुरबाट पोखरातर्फ जान आइरहेको ना४ख ७७६५ नम्बरको ट्रकले नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै र मोटरसाइकल पछाडि बस्ने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा...
बनेपा, २९ चैत – अरनिको राजमार्गस्थित काभ्रेको भुम्लुटार गाविस–६ बाट प्रहरीले शनिबार दुई फिट लम्बाइका ११ थान रक्तचन्दनका गोलिया बरामद गरेको छ । काठमाण्डुबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जाँदै गरेको ना २ ख ३३७७ नम्बरको बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको रक्तचन्दन बरामद गरिएको प्रहरी...
काठमाण्डु, २९ चैत – एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुको कार्यशैली र आचरणका कारण कम्युनिष्टहरु जनताबाट अलग्गिने अवस्थामा पुगेको बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेतृत्व प्रणाली, कार्यशैली र आचरणमा सुधार नआएकाले कम्युनिष्ट भन्न पनि लाग लाग्ने अवस्था...
काठमाण्डु, २९ चैत – पदाधिकारीहरुमा हेरफेर गर्दै एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीमा दुई दिनसम्म चलेको बैठकले उपाध्यक्षमा रामानन्द महतोलाई विदा गर्दै गोरखाका स्थिरप्रसाद खनाल र महासचिवमा लक्ष्मी आङछङ्बोको स्थानमा धादिङका शंकर अधिकारीलाई चयन गरेको छ...
काठमाण्डु, २९ चैत – एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको अध्यक्षका लागि डा. महेन्द्र विष्टलाई सर्वसम्मत उम्मेदवारको रुपमा घोषणा गरेको छ । ललितपुरको जावलाखेलमा शनिवार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले विष्टलाई उम्मेदवारको रुपमा अघि सारेको हो । यसअघि चौतारीको हिजो बसेको...
भैरहवा, २९ चैत – उप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले गुण्डागर्दी नियन्त्रण गरेरै छाड्ने बताएका छन् । एमाले रुपन्देहीको सातौं जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जनताको सुरक्षा मजवुत बनाउन गुण्डागर्दी र भ्रष्टाचार निर्मुल पार्ने बतएका हुन् । कानुन हात गुण्डागर्दी गर्नेलाई कारबाही गरिछनड्ने उनको...
काठमाण्डु, २९ चैत – नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउासो २ बजेपछि सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि...
पुतलीबजार, २९ चैत – ठूलाहिडी–९ निवासी ४५ वर्षिया जुना परियारको करेन्ट लाग्दा शनिबार जलेर मृत्यु भएको छ । घाँस काट्न खरबारीतर्फ गएकी परियारको वहाकोट र ओरष्टे गाविसका लागि तानिएको प्रशारण लाइनको भूइँमा लत्रेको तारमा छोइँदा करेन्ट लागेर जलेको स्थानीयवासी यामबहादुर सेनले जानकारी दिए ।...
ललितपुर, २९ चैत – उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आगामी कार्यसूची एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु रहेको बताएका छन् । गणेशमान सिंह केन्द्रद्वारा शनिबार ललितपुरमा आयोजित ‘राजनीति र गणेशमान सिंह’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले...
पोखरा, २९ चैत – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुको जीविकोपार्जनका लागि राज्यले अभिभावकत्वका रुपमा संरक्षण गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०७१ सालको उपलक्ष्यमा नेपाल खेलकुद महासंघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
भक्तपुर, २९ चैत – अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–सूर्यविनायक खण्डको छ लेन सडकमा दुर्घटना बढेपछि न्यूनीकरणका लागि चालक, सहचालक तथा यातायात व्यवसायीलाई सचेतना गराउन थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ, काठमाण्डु र मध्यपुर थिमी मिनीबस सद्भाव समितिको संयुक्त आयोजनामा हिजो थिमीमा आयोजित सचेतना...