ट्रकको ठक्कबाट दुईको मृत्यु

काठमाण्डु टुडे २०७० चैत ३० गते १:५९ मा प्रकाशित

काठमाण्डु, ३० चैत – हेटौडा–नारायणगढ सडकखण्डको सिम्पानीमा गएराति ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
जनकपुरबाट पोखरातर्फ जान आइरहेको ना४ख ७७६५ नम्बरको ट्रकले नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै र मोटरसाइकल पछाडि बस्ने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर पदमपोखरी–५ का ४३ वर्षीय श्यामबहादुर विक र हेटौँडा नगरपालिका–८ कमाने बस्ने २६ वर्षीया मोनिका थापा रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us