
काठमाण्डु, २९ चैत – एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको अध्यक्षका लागि डा. महेन्द्र विष्टलाई सर्वसम्मत उम्मेदवारको रुपमा घोषणा गरेको छ ।
ललितपुरको जावलाखेलमा शनिवार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले विष्टलाई उम्मेदवारको रुपमा अघि सारेको हो ।
यसअघि चौतारीको हिजो बसेको सचिवालय बैठकले विष्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई शनिबारको कार्यकर्ता भेलाले अनुमोदन गरेको हो । विष्ट राजधानीको इमेज च्यानलमा कार्यरत छन् ।