करेन्ट लाग्दा एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २९ गते ९:०४ मा प्रकाशित

पुतलीबजार, २९ चैत – ठूलाहिडी–९ निवासी ४५ वर्षिया जुना परियारको करेन्ट लाग्दा शनिबार जलेर मृत्यु भएको छ ।

घाँस काट्न खरबारीतर्फ गएकी परियारको वहाकोट र ओरष्टे गाविसका लागि तानिएको प्रशारण लाइनको भूइँमा लत्रेको तारमा छोइँदा करेन्ट लागेर जलेको स्थानीयवासी यामबहादुर सेनले जानकारी दिए ।

परियारको घटनास्थलमै मृत्यु भैसकेको र खरबारीमा पनि आगलागी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us