काठमाण्डु, १ वैशाख – एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । संगठन विभागको आइतबार बसेको बैठकले राष्ट्रिय सम्मेलनमा विराटगरमा गर्न सिफारिस गरेको हो । बैठकले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्न पार्टी हेर्डक्वाटरसमक्ष सिफारिस गरेको संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए...
काठमाण्डु, १ वैशाख– सरकारका मुख्यसचिव लीलामणि पौडेलले बागमतिमा नुहाएका छन् । पौडेलले बागमति सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार बिहान गुहेश्वरी घाटमा नुहाएका हुन् । पौडेलसँगै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, साहित्यकार एवम् एमाले नेता मोदनाथ प्रश्रित तथा वरिष्ठ पत्रकार भैरव रिसालसहित ठूलो संख्यामा...
सुर्खेत, १ वैशाख– सुर्खेतमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कँुवरको अध्यक्षतामा बसेको जिल्ला संयुक्त बजार अनुगमन बैठकले ज्येष्ठ नागरिकको सिट सुरक्षित गरी ५० प्रतिशत छुट गराउने निर्णय गरेको हो । अनुगमन...
काठमाण्डु,१ बैशाख- गोरखा फुजेलका ७२ बर्षीय छविलाल पौडेल र भिष्मराज पौडेलसहित १३ जना बिरुद्ध चितवन जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैदको अभियोग दर्ता गराएपछि सरकार बिरोधी मोर्चा बलियो बन्दै जान थालेको छ । गृहमन्त्री बामदेव गौतम,सत्तारुढ दल एमालेका अध्यक्ष झलनाथ खनालसहित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...
रत्ननगर, १ वैशाख– पूर्वी चितवनको खैरहनीमा दुईवटा ट्रान्सफर्मर पड्किएर विद्युत् अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । पाँच दिनअघि खैरहनीमा पड्किएको ट्रान्सफर्मर मर्मत नहुँदै पुन:आइतबार अर्काे पड्किएपछि स्थानीयवासी थप मारमा परेका हुन् । पटकपटक विद्युत् कार्यालयमा जानकारी गराउादासमेत मर्मत नभएको भन्दै स्थानीय...
दार्चुला, १ वैशाख- भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको छ । गत असार पहिलो साता महाकालीको विनासकारी बाढीपछि क्षतिग्रस्त क्षेत्रमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको हो । दुई महिनाअघि दार्चुला सदरमुकाम खलंगाको वीरेन्द्र वन...
वीरगन्ज १ वैशाख– वीरगन्ज पथलैया सडकखण्डको परवानीपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पथलैयाबाट रक्सौलतर्फ जाँदै गरेको ना ४ ख २६५० नम्बरको ट्रकको ठक्करबाट बारा लिपनीमाल–६ का ३० वर्षीय राजेन्द्र रामको मृत्यु भएको हो । रामको शव शवपरीक्षणका लागि वीरगन्जस्थित नारायणी...
काठमाण्डु, १ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा भवानी राणा र पशुपति मुरारकाको उम्मेदवारी छ । राणा नवनिर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे र मुरारका अध्यक्षमा पराजित भाष्करराज राजकर्णिकार प्यानलका हुन् । यसअघि हिजो बसेको नवनिर्वाचित कार्यसमितिले...
काठमाण्डु, १ वैशाख– आजदेखि विक्रम संवत २०७० सकिएर २०७१ साल सुरु भएको छ । पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा गएराति राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरिएका छन् । नयाँ वर्ष २०७१ सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताले स्वदेश तथा...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल एतिहासिक हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धी यसै वर्ष संस्थागत हुने भएकाले यो वर्ष एतिहासिक हुने बताएका हुन् । उनले यही...
काठमाण्डु, ३० चैत– नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । यही चैत २६ गते हेटौंडामा सम्पन्न केन्द्रीय समितिको बैठकपछि नेपाल पत्रकार महासंघको अधिवेशन तयारीका लागि भन्दै सुदूरपश्चिमसम्मको भ्रमण गरी शनिबार मात्र काठमाण्डु आइपुगेका अध्यक्ष पोखरेलले अचानक राजीनामा दिएका...
काठमाण्डु, ३० चैत– स्वास्थ्य उपचारपछि भारतमा आराम गरिरहेका एमाले संसदीय दलका नेता केपी ओली बुधबार स्वदेश फर्कने भएका छन् । स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले ओली बुधबार स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ । एक महिनाको उपचारपछि ओली १० दिन अघि अस्पतालबाट डिस्चार्ज भएर...