ओली दिल्लीबाट बुधबार स्वदेश फर्कंदै

काठमाण्डु टुडे २०७० चैत ३० गते १३:२९ मा प्रकाशित

काठमाण्डु, ३० चैत– स्वास्थ्य उपचारपछि भारतमा आराम गरिरहेका एमाले संसदीय दलका नेता केपी ओली बुधबार स्वदेश फर्कने भएका छन् ।

kp-oli_20110601090027स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले ओली बुधबार स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ । एक महिनाको उपचारपछि ओली १० दिन अघि अस्पतालबाट डिस्चार्ज भएर सुल्तानपुरस्थित एक घरमा आराम गरिरहेका छन् ।

६२ वर्षीय ओलीको ८ वर्षअघि दिल्लीमा मृगौला प्रत्यारोपण गराएका थिए । चिकित्सकले नियमति चेकजाँच गर्नुपर्ने बताए पनि त्यसो नगरेका कारण समस्या जटिल भएपछि ओलीलाई गत महिना दिल्ली लगिएको थियो ।

उनको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गरिएको हो । यसबीचमा ओलीलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र काँग्रेस महामन्त्री कृष्ण सिटौलालगायत दिल्ली पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us