
वीरगन्ज १ वैशाख– वीरगन्ज पथलैया सडकखण्डको परवानीपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पथलैयाबाट रक्सौलतर्फ जाँदै गरेको ना ४ ख २६५० नम्बरको ट्रकको ठक्करबाट बारा लिपनीमाल–६ का ३० वर्षीय राजेन्द्र रामको मृत्यु भएको हो ।
रामको शव शवपरीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि स्थानीयले वीरगन्ज पथलैया सडकखण्डको परवानीपुरमा सडक गएरातिदेखि नै अवरुद्ध पारेका छन् । रासस