समाचार

देवर–भाउजूलाई सिस्नुपानी

२०७१ वैशाख २ गते १:५६

कञ्चनपुर, २ वैशाख – सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व मनाइएको छ । परम्परागत रुपमा वैशाख महिनाको पहिलो दिन विशु पर्व मनाइने गरिन्छ । विशु पर्वका अवसरमा विदेश गएका घर फर्कने, नयाँ लुगा लगाउने, नयाँ अन्न खाने गरिन्छ । देवर–भाउजू र साली–भिनाजुबीच यस...

मुरारका वरिष्ठ उपाध्यक्षमा निर्वाचित

२०७१ वैशाख १ गते १३:३७

काठमाण्डु, १ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा उनले ३३ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी भवानी राणाले २९ मत प्राप्त गरे । निर्वाचित मुरारका महासंघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित...

माओवादी शीर्ष नेतालाई पक्राउ गर्न चुनौती

२०७१ वैशाख १ गते १३:०१

चितवन, १ वैशाख – गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारले द्वन्द्वको नेतृत्व गरेर हिँडेका तत्कालीन नेकपा माओवादीका शीर्ष नेताहरूलाई पक्राउ गर्न चुनौती दिएका छन् । भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले शीर्ष नेतालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका हुन् । आफूहरूमाथि...

विधेयकमा आममाफीको हल्ला व्यर्थ : काँग्रेस

२०७१ वैशाख १ गते १२:५७

काठमाण्डु, १ वैशाख – नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा सभासद्हरुलाई केही दिनअघि मात्र संसदमा प्रस्तुत भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमा आममाफीको व्यवस्था भएको भन्ने हल्ला व्यर्थ भएको जानकारी गराएको छ । काँग्रेस केन्द्रीय समिति...

एमाओवादीद्वारा तीन दलको बैठक बहिस्कार

२०७१ वैशाख १ गते १२:२२

काठमाण्डु, १ वैशाख – एकीकृत नेकपा माओवादीले प्रमुख तीन दलको बैठक बहिस्कार गरेको छ । फुजेल प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्ताको विनासर्त रिहाई र झुटा मुद्दा फिर्ता लिनु पर्ने मागसहित एमाओवादी शीर्ष नेताहरुले बैठक बहिस्कार गरेका हुन् । बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका...

मुलुक निर्माणमा सबै जुटौँ : प्रधानमन्त्री

२०७१ वैशाख १ गते १२:१७

काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रै संविधान निर्माण गरी मुलुकको आर्थिक समृद्धिका लागि जुट्न आग्रह गरेका छन् । पशुपति क्षेत्र परिसरमा अत्याधुनिक प्रसादी भोजनगृह ‘माधवराज सुमार्गी स्मृति भवन’ को उद्घाटन गर्दै कोइरालाले भने, ‘एक वर्षभित्रै संविधान आउँछ, सबै पार्टी प्रतिबद्ध बनौं,...

विर्तामोडमा रक्तसञ्चार सेवाको शुभारम्भ

२०७१ वैशाख १ गते १०:२३

भद्रपुर, १ वैशाख – मानवीय सेवाका लागि तत्काल रगत उपलब्ध गराउन झापाको विर्तामोडमा नयाँ वर्षको आगमनसँगै आजबाट रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । चारपाने–१ स्थित पञ्चकन्यामा निर्मित रक्तसञ्चार (ब्लड बैंक) भवनबाट रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज...

अधिकारीको शव मंगलबार हस्तान्तरण गरिने

२०७१ वैशाख १ गते १०:००

काठमाण्डु, १ वैशाख – हृदयाघातका कारण आइतबार राति निधन भएका साहित्यकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिने भएको छ । धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा बिहान श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण गरिने उनको पारिवारिक स्रोतले जनाएको छ...

डढेलोले सयौँ हेक्टर वन जङ्गल नष्ट

२०७१ वैशाख १ गते ९:०८

रसुवा, १ वैशाख – लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत धुन्चे गाविसको ब्राबलपाखामा सोमबार बिहानदेखि लागेको डढेलोले सयौँ हेक्टर वनजङ्गल नष्ट बनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पासाङ ल्हामुका अनुसार करिब सात आठ सय हेक्टर वन जङ्गलमा डढेलो लागिसकेको र नियन्त्रणका लागि...

गुठी समस्या समाधान गर्न माग

२०७१ वैशाख १ गते ८:३९

नुवाकोट, १ वैशाख – लच्याङका गुठी पीडितले समस्या समाधानको माग गर्दैै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । वर्षौंदेखि भैरवी मन्दिरका नाममा रहेको गुठी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले उक्त जग्गा रैकरमा परिणत गराउनका लागि पहल गरिदिन माग गरेका हुन् । छ सय ६२...

नीय निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : रिजाल

२०७१ वैशाख १ गते ८:०२

विराटनगर, १ वैशाख – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सरकारले सबै दलको सहमतिमा चाँडै नै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने धारणा व्यक्त गरे ।...

एमाओवादीले स्थानीय निर्वाचन चाहेन: सिंह

२०७१ वैशाख १ गते ५:५८

वनेपा १ वैशाख– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एकीकृत माओवादीले स्थानीय निकायको निर्वाचन नचाहेको आरोप लगाएका छन् ।  काँग्रेस बनेपा नगरसमितिले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले हार्ने डरले माओवादी चुनावसँग डराएको बताएका हुन् । काँग्रेस नेतृत्वको वर्तमान सरकारले जसरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us