मुरारका वरिष्ठ उपाध्यक्षमा निर्वाचित

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, १ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा उनले ३३ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी भवानी राणाले २९ मत प्राप्त गरे । निर्वाचित मुरारका महासंघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवार भाष्करराज राजकर्णिकार समूहमा थिए ।

महासंघको विधानअनुसार निर्वाचित ६२ जनाको कार्यसमितिले वरिष्ठ उपाध्यक्षको चयन गर्ने प्रावधान रहेको छ । यसअघि मुरारका एशोसिएट र राणा भेरी अञ्चलबाट कार्यसमितिका सदस्यमा निर्वाचित भएका थिए ।

महासंघका नवनिर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार सम्पन्न पहिलो बैठकले वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us