देवर–भाउजूलाई सिस्नुपानी

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १:५६ मा प्रकाशित

कञ्चनपुर, २ वैशाख – सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व मनाइएको छ ।
परम्परागत रुपमा वैशाख महिनाको पहिलो दिन विशु पर्व मनाइने गरिन्छ ।

विशु पर्वका अवसरमा विदेश गएका घर फर्कने, नयाँ लुगा लगाउने, नयाँ अन्न खाने गरिन्छ । देवर–भाउजू र साली–भिनाजुबीच यस पर्वमा एकअर्कालाई सिस्नु लगाएर रमाइलो गर्ने चलन रहेको छ । सिस्नु लगाएमा रोगब्याधी नलाग्ने विश्वास यहाँको समाजमा विद्यमान रहेको छ ।

यसै अवसरमा घर निर्माण, नयाँ व्यापार–व्यवसाय सुरु गर्नका लागि उपयुक्त समयका रुपमा लिइन्छ ।

विदेश गएका घर फर्कने र दिदीबहिनी विशु पर्व मनाउनका लागि माइतीमा आउने भएकाले परिवारका सबैजनासँगै बसेर भलाकुसारी गर्ने अवसर जुटाउने गर्दछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us