एमाओवादीले स्थानीय निर्वाचन चाहेन: सिंह

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ५:५८ मा प्रकाशित

वनेपा १ वैशाख– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एकीकृत माओवादीले स्थानीय निकायको निर्वाचन नचाहेको आरोप लगाएका छन् ।

Prakash-Man-Singh काँग्रेस बनेपा नगरसमितिले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले हार्ने डरले माओवादी चुनावसँग डराएको बताएका हुन् । काँग्रेस नेतृत्वको वर्तमान सरकारले जसरी पनि निर्वाचन गराएरै छाड्ने दाबी उनको थियो ।

‘एमाओवादीले चुनावसँग डराएर स्थानीय निकायको निर्वाचन रोक्न खोजेको छ’, सिंहले भने, ‘सरकार जस्तोसुकै परिस्थितिमा पनि स्थानीय निकायको निर्वाचन गराउने योजनामा छ ।’ उनले निर्वाचनका लागि आवश्यक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाइएको जनाए ।

सिंहले निर्वाचनप्रति असहमत एकीकृत माओवादीसहित सबैलाई सहमतिमा ल्याएर निर्वाचन गराउन सरकारसक्षम हुने दाबी गरे । अर्को एक फरक प्रसंगमा उनले आगामी एक वर्षभित्रै मुलुकले लोकतान्त्रिक संविधान पाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us