समाचार

संसदमा नाराबाजी गर्ने शिक्षक रिहा गर्न माग

२०७० चैत ३० गते १३:१०

काठमाण्डु, ३० चैत– एकीकृत माओवादी सम्वद्ध अखिल नेपाल शिक्षक संगठनले संसद बैठकमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका शिक्षकहरुलाई रिहा गर्न माग गरेको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो संगठनका केन्द्रीय सदस्य एवम् अस्थायी शिक्षक संघर्ष समितिका महासचिव दिनेश थापासहित आठ जनालाई...

तीन वर्षभित्र लोडसेडिङ अन्त्य: उर्जामन्त्री

२०७० चैत ३० गते १२:५७

परासी, ३० चैत–ऊर्जामन्त्री राधा ज्ञवालीले देशमा अगामी तीन वर्षभित्र ऊर्जा संकट समस्याको पूर्णरुपमा अन्त्य हुने दाबी गरेकी छन् । नवलपरासीको स्वाठीमा आइतबार भएको सहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन तथा सहिद पाण्डेको सालिक अनावरण कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि सरकारले ठोस...

उच्चस्तरीय समिति गठनको सहमतिबाट किन पछि हटे काँग्रेस–एमाले ?

२०७० चैत ३० गते ११:५५

काठमाण्डु, ३० चैत– सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले उच्चस्तरीय राजनीतिक समिति गठनको विपक्षमा देखिएका छन् । संवैधानिक राजनीतिक समितिको सभापतिमा सहमति खोज्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा काँग्रेस–एमाले त्यसको विपक्षमा उभिएका हुन् । प्रमुख दलबीच गत पुस ९ गते...

अधिकारी हत्या आरोपी १३ जनालाई जन्मकैद माग

२०७० चैत ३० गते ११:५४

चितवन, ३० चैत– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैद माग गर्दर्ै चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । सरकारी वकिलको कार्यालयले चितवनले कर्तब्य ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैदको मागसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको हो...

जातीय संघीयता माग गर्दै आन्दोलन घोषणा

२०७० चैत ३० गते ११:३२

काठमाण्डु, ३० चैत – विगतमा भएको सहमति राज्य पक्षले पालना नगरेको भन्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आदिवासि जनजाति सम्वद्ध विभिन्न संघसंस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । वैशाख ७ गते प्रधानमन्त्री...

प्रधानन्यायाधीश भन्छन्, ‘न्यायालयमा पनि विकृति छ’

२०७० चैत ३० गते १०:४१

काठमाण्डु, ३० चैत– नवनियुक्त प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले न्यापालिकाभित्र विकृति विसंगती रहेको स्वीकार गरेका छन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि आइतबार सञ्चारकर्मीसँग उनले न्यायपालिका पनि विकृति मुक्त नरहेको बताएका हुन् । शर्माले आफू न्यायपालिकाभित्रका विकृति हटाउन प्रतिबद्ध भएर लाग्ने उल्लेख गरे । ‘न्यायपालिकाभित्र पनि विकृति...

नेपाललाई २० वर्षमा युरोप बनाउन सकिन्छ: मन्त्री थापा

२०७० चैत ३० गते ८:२५

काठमाण्डु, ३० चैत– उद्योगमन्त्री कर्णबहादुर थापाले आगामी २०  वर्षमा नेपाललाई युरोपजस्तै बनाउन सकिने बताएका छन् । सम्वाद डबलीमा आइतबार भएको कार्यक्रममा मन्त्री थापाले  २० वर्षमा हरेक नेपालीको जीवनस्तर  युरोपेली मुलुकका नागरिको दाँजोमा पुग्ने दाबी गरेका हुन् । ‘नेपाल सम्भावना भएको देश हो’, थापाले भने,...

संविधानसभाका समितिमा दलहरुबीच भागबण्डा मिलेन

२०७० चैत ३० गते ८:११

काठमाण्डु, ३० चैत– प्रमुख दलबीच भागबण्डामा कुरा नमिलेपछि व्यवस्थापिका–संसदका विभिन्न समितिको सभापति चयन प्रक्रिया अवरुद्ध भएको छ । । दलहरुबीच कुरा मिल्न जुटन नसक्दा संविधानसभाअन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिको सभापति चयनका लागि आइतबार हुने भनिएको निर्वाचन आगामी ५ वैशाखका लागि सरेको छ ।...

गर्मी बढेसँगै बिरामीको संख्या वृद्धि

२०७० चैत ३० गते ७:११

बर्दिवास, ३० चैत– बढ्दो गर्मीसागै महोत्तरी जिल्लामा बिरामीको संख्या ह्वात्तै बढेको छ । चैत मध्यदेखि लगातार चलेको तातो हावासागैको प्रचण्ड गर्मीले बिरामी हुनेको संख्या निक्कै बढाएको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । चैत १५ अघि दैनिक १०/१२ जना बिरामी उपचारका लागि आउने गरेका भए...

ओवामाले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

२०७० चैत ३० गते ६:५४

काठमाण्डु, ३० चैत– अमेरिकी राष्ट्रपति बराक ओवामाले विक्रम संवत २०७१ का अवसरमा नेपाल र नेपाली जनतालाई शुभकामना दिएका छन् । ओवामाका तर्फबाट विदेशमन्त्री जोन केरीले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षमा नेपालले संविधानसभाबाट नयाँ संविधान पाइसक्ने उल्लेख छ । सन्देमा आगामी वर्षमा नेपालमा राजनीतिक स्थिरता...

काँग्रेस–एमालेद्वारा भट्टराईलाई संवैधानिक समितिको सभापति अस्वीकार

२०७० चैत ३० गते ६:३०

काठमाण्डु, ३० चैत– संवैधानिक समितिको सभापति चयनका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । सहमतिका समिति सभापति चयनको प्रयासमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक काँग्रेस, एमाले र एकीकृत माओवादीबीच कुरा मिल्न नसकेका कारण बिनानिष्कर्ष सकिएको हो । स्रोतका...

बानको अधिवेशन सुरु

२०७० चैत ३० गते ५:१३

काठमाण्डु, ३० चैत – ब्रोडकाष्टिङ एसोसीयसन अफ नेपाल बानको अधिबेशन आज काठमाडौंमा सुरु भएको छ । अधिवेशनको सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे । देशभरका ब्यबसायिक रेडीयोहरुको छाता संगठन वानको अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्देछ । नयाँ नेतृत्वका लागि गोपाल झाले उम्दरवारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us