अधिकारी हत्या आरोपी १३ जनालाई जन्मकैद माग

काठमाण्डु टुडे २०७० चैत ३० गते ११:५४ मा प्रकाशित

चितवन, ३० चैत– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैद माग गर्दर्ै चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले चितवनले कर्तब्य ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैदको मागसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिल एकनारायण लम्सालले हत्यामा संलग्न रहेको आरोपमा कृष्णप्रसादका पिता नन्दप्रसादले दिएको किटानी जाहेरी दिएका ११ जना बाहेक जानुका पौडेल र रुद्र आचार्यविरुद्ध अभियोग पत्र दायर गरिएको जनाए ।

सर्वस्वसहित जन्मकैद दाबी गरेर मुद्धा दर्ता गरिएकामा छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी, जानुका पौडेल र रुद्र आचार्य छन् ।

रामप्रसाद अधिकारी र परशुराम पौडेललाई प्रहरीले पक्राउ गरे पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रमाण नपुगेको भन्दै आवश्यक परेको अवस्थामा उपस्थित गराउने गरी छाडिएको थियो । गोर्खा फुजेल–७ का अधिकारीको २०६१ साल जेठ २४ गते चितवनमा हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us