
बर्दिवास, ३० चैत– बढ्दो गर्मीसागै महोत्तरी जिल्लामा बिरामीको संख्या ह्वात्तै बढेको छ ।
चैत मध्यदेखि लगातार चलेको तातो हावासागैको प्रचण्ड गर्मीले बिरामी हुनेको संख्या निक्कै बढाएको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् ।
चैत १५ अघि दैनिक १०/१२ जना बिरामी उपचारका लागि आउने गरेका भए पनि त्यसयता उक्त संख्या ३०/३५ सम्म पुगेको बर्दिवास अस्पतालले जनाएको छ ।
पछिल्लो समय रुघाखोकी, ज्वरो र पखालाका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका स्वास्थ्यकर्मी राधेश्याम झाले बताए ।
उता जिल्लाको मध्यवत्र्ती क्षेत्रको लोहारपट्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमासमेत बिरामीको चाप बढेको छ ।
जिल्लाका सम्सी, गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र र पूर्वदक्षिणवत्र्ती सिमरदहीस्थित इलाका हेल्थपोष्ट कार्यालयमा उपचारका लागि आउनेको संख्या बढेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड डा. द्वारिकाप्रसाद साहले बताए ।
गर्मी याममा स्वस्थ्य रहन ताजा खान पिन र वस्ती आसपास क्षेत्रमा सरसफाइमो ध्यान दिन जरुरी रहेको डा साहले बताए । रासस