तीन वर्षभित्र लोडसेडिङ अन्त्य: उर्जामन्त्री

काठमाण्डु टुडे २०७० चैत ३० गते १२:५७ मा प्रकाशित

परासी, ३० चैत–ऊर्जामन्त्री राधा ज्ञवालीले देशमा अगामी तीन वर्षभित्र ऊर्जा संकट समस्याको पूर्णरुपमा अन्त्य हुने दाबी गरेकी छन् ।
radha gyawaliनवलपरासीको स्वाठीमा आइतबार भएको सहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन तथा सहिद पाण्डेको सालिक अनावरण कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि सरकारले ठोस कार्यायोजना ल्याउन लागेको बताए ।
एक वर्षभित्र नेपालले नयाँ साविधान पाउने बताउँदै मन्त्री ज्ञवालीले त्यसका लागि संविधानसभाले प्रयाप्त आधार तयार पारिसकेको उल्लेख गरे । २०५५ सालको स्थानीय स्वायत्त ऐन संशोधन गरी २०७१ सालभित्र स्थानीय निकायको चुनाव गराउन सरकार लागेको उनको भनाइ थियो ।
उनले आइतबारै गण्डक विद्युत गृहको निरीक्षण गरिन् । निरीक्षणपछि उनले मुलुकमा चरम ऊर्जा सङ्कट भइरहँदा आफ्नै देशमा भएको विद्युत गृह मर्मत गरी क्षमताअनुसार विद्युत उत्पादन गरिने मन्त्री ज्ञवालीले बताइन् ।

विद्युत गृह हाउसको तीनवटा टर्बाइनमध्ये दुईवटा बिग्रेपछि विद्युत गृहले लामो समयदेखि क्षमताअनुसारको विद्युत उत्पादन गर्न सकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us