नेपाललाई २० वर्षमा युरोप बनाउन सकिन्छ: मन्त्री थापा

काठमाण्डु टुडे २०७० चैत ३० गते ८:२५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– उद्योगमन्त्री कर्णबहादुर थापाले आगामी २०  वर्षमा नेपाललाई युरोपजस्तै बनाउन सकिने बताएका छन् ।
सम्वाद डबलीमा आइतबार भएको कार्यक्रममा मन्त्री थापाले  २० वर्षमा हरेक नेपालीको जीवनस्तर  युरोपेली मुलुकका नागरिको दाँजोमा पुग्ने दाबी गरेका हुन् ।

‘नेपाल सम्भावना भएको देश हो’, थापाले भने, ‘यहाँको हरेक पुँजी उत्पादनका क्षेत्रमा लगानी गर्न जरुरी छ ।’ नेपाली पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएका कारण बेरोजगारी बढेको
भन्दै उनले उद्योग स्थापना र लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । त्यसका लागि सरकारले आवश्यक ऐन निर्माणको काम अघि बढाएको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री थापाले नेपाल हाल सिमेन्ट र चिनीमा मात्र आत्मनिर्भर रहेको जानकारी दिए । उनले बन्द रहेका उद्योग धन्दाहरुको पु:न सञ्चालनका लागि सरकार लागि परेको दाबी गरे ।

‘बन्द भएका म्याग्नेसाइड, औषधि, चिनी, कपडा उद्योगहरु सञ्चालनमा ल्याउने र १० औं हजार नेपालीलाई रोजगारी सिर्जना गर्ने
संकल्प लिएको छु’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us