प्रधानन्यायाधीश भन्छन्, ‘न्यायालयमा पनि विकृति छ’

काठमाण्डु टुडे २०७० चैत ३० गते १०:४१ मा प्रकाशित

काठमाण्डु, ३० चैत– नवनियुक्त प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले न्यापालिकाभित्र विकृति विसंगती रहेको स्वीकार गरेका छन् ।
Damodar-Prasad-Sharmaप्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि आइतबार सञ्चारकर्मीसँग उनले न्यायपालिका पनि विकृति मुक्त नरहेको बताएका हुन् ।

शर्माले आफू न्यायपालिकाभित्रका विकृति हटाउन प्रतिबद्ध भएर लाग्ने उल्लेख गरे । ‘न्यायपालिकाभित्र पनि विकृति छन्’, शर्माले भने, ‘त्यसलाई हटाउनु मेरो पहिलो प्राथमिकता हुनेछ ।’

उनले न्यायालयप्रति जनतामा विश्वास जगाउन पुराना मुद्धा छिटो फच्छर्यौट गर्ने दाबी गरे । सर्वोच्चमा हाल करिब १७ हजार मुद्धाको फैसला हुन बाँकी छ ।  शर्माले एक साताभित्रै सर्वोेच्चमा रिक्त न्यायाधीश पदपूर्ति गरिने पनि बताए । सर्वोेच्चमा हाल पाँच जना मात्र स्थायी न्यायाधीश छन् ।

संसदीय सुनुवाइ विशेष समितिले शर्माको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेकै दिन पाँच अस्थायी न्यायाधीश पदावधि सकिएर घर गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us