ओवामाले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

काठमाण्डु टुडे २०७० चैत ३० गते ६:५४ मा प्रकाशित

काठमाण्डु, ३० चैत– अमेरिकी राष्ट्रपति बराक ओवामाले विक्रम संवत २०७१ का अवसरमा नेपाल र नेपाली जनतालाई शुभकामना दिएका छन् ।

barak obamaओवामाका तर्फबाट विदेशमन्त्री जोन केरीले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षमा नेपालले संविधानसभाबाट नयाँ संविधान पाइसक्ने उल्लेख छ । सन्देमा आगामी वर्षमा नेपालमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गरिएको छ ।

ओवामाले नयाँ वर्ष नेपाल र नेपालीका लागि सुखद र शान्तिपूर्ण हुने आशा गरेका छन् । ‘मलार्य विश्वास छ, आगामी वर्षमा नेपालले नयाँ संविधान पाउनेछ र राजनीतिक स्थिरता कायम हुनेछ’, सन्देशमा भनिएको छ ।

उनले संविधानसभाको दोस्रो निर्वाचनलाई राजनीतिक स्थिरता र विकासका लागि कोशेढुंगा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us