२०७१ साल एतिहासिक: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १:४७ मा प्रकाशित

काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल एतिहासिक हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धी यसै वर्ष संस्थागत हुने भएकाले यो वर्ष Sushil-Koiralaएतिहासिक हुने बताएका हुन् ।

उनले यही वर्षमा मुलुकले नयाँ संविधान पाउने पनि दाबी गरेका छन् । सन्देशमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनामसेत गरेका छन् ।

उनले नयाँ वर्षले सबै समुदायबीच सद्भाव, सहकार्य, एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पुर्‍याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

सरकार र संविधानसभामा प्रतिनिधित्व गर्ने इमान्दिारितापूर्वक लोकतान्त्रिक संविधान निर्माणमा लागिपरेको भन्दै उनले सबै नेपालीलाई धैर्य र उत्साहका साथ आफ्नो र मुलुकको भविष्य सुनिश्चित गर्ने संविधान निर्माणमा सघाउन अपिलसमेत गरेका छन् ।

नयाँ वर्ष विकास निर्माण र आर्थिक उन्नतिको प्रस्थानबिन्दु हुने भनाइ उनको छ । प्रधानमन्त्रीको कोइरालाले वर्तमान सरकारले प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तीरहित, भ्रटाचारमुक्त, सदाचारयुक्त र नागरिकमुखी बनेर काम गर्ने दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us