समाचार

नदीमा डुबेकी बालिकाको मृत्यु

२०७० चैत २८ गते १२:२९

कञ्चनपुर, २८ चैत – नदीमा डुबेर बेहोस अवस्थामा अस्पताल पु¥याइएकी कञ्चनपुरको दोधारा–१ बाबाथानकी एक बालिकाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । बाबाथानको जुबि बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्ने राधिका थापाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहीबार दिउँसो जोगबुढा नदीमा नुहाउँदा...

दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीशमा नियुक्त

२०७० चैत २८ गते ११:५०

कामाण्डु, २८ चैत – दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति डा रामवरण यादवले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गरेका हुन् । उनले आजै साँझ पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् । शर्माको नाम संसदीय सुनुवाई समितिबाट...

माघ ८ भित्रै संविधान जारी हुन्छ : नेपाल

२०७० चैत २८ गते ११:३२

भक्तपुर, २८ चैत – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी माघ ८ गतेभित्रमा नयाँ संविधान जारी भइसक्ने दावी गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले ३५औँ शिक्षक दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभाको सबै...

महालेखाको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

२०७० चैत २८ गते ११:२८

काठमाण्डु, २८ चैत – राष्ट्रपति डा. रामवरण यादवसमक्ष महालेखापरीक्षकको कार्यालयले शुक्रबार आफ्नो ५१औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । महालेखापरीक्षक भानुप्रसाद आचार्यले उक्त प्रतिवेदन राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेस गरे । त्यस अवसरमा उक्त कार्यालयका नायब महालेखापरीक्षकलगायत वरिष्ठ कर्मचारीको उपस्थिति थियो ।...

वैशाख १ मा गोदावरी महोत्सव हुने

२०७० चैत २८ गते ११:२४

काठमाण्डु, २८ चैत – प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले ललितपुरको गोदावरीमा महोत्सवको आयोजना गरिने भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्ष २०७१ को अवसरमा वैशाख १ गते सो महोत्सव गरिन लागेको जानकारी दिइयो । गोदावरी कुण्ड, राष्ट्रिय वनस्पति...

अबको क्रान्ति आर्थिक विकासको : डा भट्टराई

२०७० चैत २८ गते ११:०६

कावासोती, २८ चैत – एकीकृत नेकपा (माओवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको नयाँ शक्ति भनेको आर्थिक विकासका लागि मोडेल हुने बताएका छन् । नवलपरासीमा आज चौधरी ग्रुपको अवलोकन पछि पत्रकारसँगको भेटमा उनले सो कुरा बताएका हुन् । एउटै औद्योगिक घरानाले त यत्ति...

आर्थिक विकासमा सहकार्य आवश्यक : नेम्बाङ

२०७० चैत २८ गते ११:०१

काठमाण्डु, २८ चैत – संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ४८औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७० को आज यहाँ उद्घाटन गर्दै उनले नेपालको लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक...

चार हजार भारतीय कुखुरा बरामद

२०७० चैत २८ गते ३:५३

पर्सा, २८ चैत –पर्साको बिन्दवासिनी गाविसबाट गएराति ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरिएको छ । प्रहरी चौकी बिन्दवासिनीबाट प्रहरी हवल्दार उपेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरीको टोलीले करिब चार हजार चल्ला बरामद गरेको हो । भारतबाट साइकलमा ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला...

ढुक्क हुनुहोस् संविधान बन्छ : प्रधानमन्त्री

२०७० चैत २८ गते ३:३६

काठमाण्डु, २८ चैत – प्रधानमन्त्री सुशील कोईरालाले संबिधानसभाबाटै संविधान निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । सबै दलको मुख्य एजण्डा संविधान सभाबाटै संविधान निर्माण गर्ने भएकाले अवको एक वर्षभित्रमा मुलुकले संविधान पाउने उनको भनाई छ । नेपाली लेखक संघ कास्की र जननायक बीपी...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२०७० चैत २८ गते ३:०६

जाजरकोट, २८ चैत– छिन्चु जाजरकोट सडकअन्तर्गत छेडालिर्ता खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । भे ३ त ८९४६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खलंगा–३ का २५ वर्षीय शिवनारायण कार्की र पछाडि सवार एक युवतीको मृत्यु भएका प्रहरीले जनाएको छ...

क्रिकेट खेलाडीलाई कारबाही गर्ने क्यानको तयारी

२०७० चैत २८ गते २:२२

काठमाण्डु, २८ चैत– नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई अनुशासनविपरीत काम गरेको आरोपमा कारबाहीको तयारी गरेको छ । क्यान कार्यसम्पादन समितिको गएराति बसेको बैठकले कारबाहीका लागि बोर्डसमक्ष सिफारिस गरेको हो । केही दिनभित्रै बोर्ड बैठक बसेर आवश्यक कारबाही गर्ने क्यान उपाध्यक्ष विकास...

दुर्घटनामा एकको मृत्यु

२०७० चैत २८ गते २:००

काठमाण्डु, २८ चैत – धादिङको बैरनीमा बस र ट्रिपर ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । काठमाण्डुदेखि गोरखाका लागि छुटेको ना ४ ख ७६३ नम्बरको यात्रुबस र बालुवा लिएर काठमाण्डु जाँदै गरेको बा २ ख ७८५५ नम्बरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us