
कञ्चनपुर, २८ चैत – नदीमा डुबेर बेहोस अवस्थामा अस्पताल पु¥याइएकी कञ्चनपुरको दोधारा–१ बाबाथानकी एक बालिकाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
बाबाथानको जुबि बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्ने राधिका थापाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहीबार दिउँसो जोगबुढा नदीमा नुहाउँदा उनी डुबेकी थिइन् ।
नदीमा डुबेको खबर पाउने बित्तिकै स्थानीय बासिन्दा र उनका आफन्तले उद्धार गरी बेहोस अवस्थामा रहेकी बालिकालाई भारतको खटिमास्थित अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।