
कामाण्डु, २८ चैत – दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति डा रामवरण यादवले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गरेका हुन् ।
उनले आजै साँझ पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् । शर्माको नाम संसदीय सुनुवाई समितिबाट दुइ तिहाइ बहुमतले अनुमोदन भएको थियो ।
संसदीय सुनुवाई समितिका सभापति कुलबहादुर गुरुङले शर्माको नाम अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गर्दा काँग्रेस-एमालेका सभासदले समर्थन, एमाओवादी सभासदहरुले आलोचनात्मक समर्थन तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसीले विरोध गरेका थिए ।
नेमकिपाका सभासद नारायणमान विजुक्छे भने तथस्ट रहे । यसअघि छलफलमा भाग लिँदै सभासदहरुले उनको जवाफ चित्त बुझ्दो नभएका बताएका थिए ।
शर्मामाथि कुटी बनाउने नाममा आर्थिक अनियमितता गरेको लगायतका उजुरी परेका थिए ।