दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २८ गते २:०० मा प्रकाशित

काठमाण्डु, २८ चैत – धादिङको बैरनीमा बस र ट्रिपर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् । काठमाण्डुदेखि गोरखाका लागि छुटेको ना ४ ख ७६३ नम्बरको यात्रुबस र बालुवा लिएर काठमाण्डु जाँदै गरेको बा २ ख ७८५५ नम्बरको ट्रिपर धादिङको बैरेनी–९ सुत्केरी ढुङगामा एक आपसमा ठोक्किदा गजुर–८ छेपाङका रामकाजी थापा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रिपर चालक बैरेनी–७ दुम्सिकोटका नवीन मगरको अवस्था चिन्ताजनक छ ।

उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us